सुर्खेत – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना नेताहरु सुर्खेतबाट प्रक्राउ परेका छन्। भेरी ब्यूरो इन्चार्ज एवम् केन्द्रीय सदस्य बल बहादुर वली ‘शितल’ र सुर्खेत जिल्ला इन्चार्ज खड्क बहादुर खड्का (यमराज) मंगलबार पक्राउ परेका हुन्।
विषेश सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त टोलिले उनीहरुलाई भेरीगङ्गा नगरपालिका बडा नं. ५ भर्लेनीबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिप छेत्रीका अनुसार उनिहरुको साथबाट पार्टीका महत्वपूर्ण कागजात बरामद गरिएको छ। पक्राउ परेका दुबै जनालाई म्याद थप गरेर अनुसन्धानका थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४