आइतबार, साउन २४, २०८३

गर्मी बढेसँगै सुक्न थाल्यो चापाकल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - जनकपुरसहित धनुषाको उत्तरी भेगमा खानेपानी हाहाकार भएको छ। खानेपानीको मुख्य स्रोत इनार र चापाकल धमाधम सुक्न थालेपछि पानीको समस्या भएको हो। विगत वर्ष चापाकल तथा इनारमा असार मध्यतिर पानी सुक्ने समस्या देखिए पनि यस वर्ष भने जेठ सुरु भएलगत्तै पानी इनार तथा चापाकलमा पानी सुक्ने समस्या देखिन थालेको छ।

तराई क्षेत्रमा पानीको मुख्य स्रोत चापाकल सुक्न थालेपछि स्थानीय पानीको खोजीमा बाल्टी र बोतल लिई भौंतारिएको दृश्य सामान्य बनेको छ, अहिले। विगतमा धनुषाको उत्तरी भेगमा पानीको समस्या देखिए पनि जनकपुर नगर क्षेत्र तथा जिल्लाको पूर्वी र दक्षिणी भेगमा बिरलै यस्ता समस्या देखिन्थ्यो। तर, पछिल्लो तीन चार वर्षदेखि जनकपुरको सहरी क्षेत्रमा समेत चापाकल सुक्न थालेपछि ठूलो संख्यामा सर्वसाधारण कठिनाइमा परेका छन्।

१५/२० वर्षअगाडिसम्म १ सय ५० फिटको गहिराइमै जडान गरिएका चापाकलमा सहजै पानी आउने गर्दथ्यो तर अहिले ४ सय फिटको गहिराइमा पनि पानी आउन समस्या भएको जनकपुर उपमहानगरपालिका–४ का अशेश्वर ठाकुरले बताए।

यसअघि डेढ सयदेखि दुई सय फिटसम्मको गहिराइमा चापाकल गाडेर पानी प्रयोग गर्दै आइरहेपनि पानी आउन छोडेपछि एक लाखभन्दा बढी रुपैयाँ खर्चेर जनकपुरका अधिकांश मानिस चार सय फिटको गहिराइ भएको चापाकल गडाउन थालेका छन्।

चापाकल सुक्नुका साथै विद्युतीय मोटरले समेत पानी तान्न छोडेको स्थानीय बताउँछन्। यसअघि हाफ हर्स पावरको विद्युतीय मोटर प्रयोग गरेर पानी तात्रे गरे पनि अहिले न्यूनतम एक हर्स पावरको मोटरले मात्र पानी तात्रे सक्ने अवस्था आएको उनीहरुको भनाइ छ।

मोटरले पनि तान्न छोडेपछि पानीको जोहो गर्न बाल्टी र बोतल बोकेर भौंतारिनुपर्ने अवस्था आएको जनकपुर उपमहानगरपालिका वार्ड नम्बर १० का रोशन साहले बताए। ‘दिनको समयमा मोटरले पानी तान्न छोडेको छ, मध्यरातमा मोटर चलाउँछौँ। तर, छरछिमेकका सबैले मोटर चलाइदिँदा पानी नै आउँदैन,’ ठाकुरले भने, ‘जनकपुरसहित यस क्षेत्रमा बढ्दै गएको समस्या समाधान गर्न सम्बन्धित निकायले चासो देखाएको छैन।’

विगतमा जनकपुर सहरी क्षेत्रको उत्तरी भागमा यस्ता समस्या देखिए पनि पछिल्लो दुईतीन वर्षायता प्रायः हरेक ठाउँमा पानी सुक्ने समस्या सुरु भएको छ। यसैगरी जिल्लाको उत्तरी भेगतर्फ वर्षौंदेखि रहेको खानेपानी समस्या अझै हल हुन सकेको छैन।

ढल्केबर, बटेश्वर, चित्रपुर, विजयपुर लगायतका दर्जनौं गाउँमा खोनपानीको समस्या रहेको स्थानीय बताउँछन्। पर्याप्त वर्षा नभएकाले पानीका स्रोतहरु चाँडै सुक्न थालेको बताइएको छ। वन जंगल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र कुसमयको अतिवृष्टिका कारण पानीको मुहान सुक्दै गएको बूढापाकाको भनाइ छ।

जनकपुर नगर क्षेत्रभित्र खानेपानी संस्थानको धारा प्रयोग गर्नेको संख्या करिब चार हजार रहेको बताइएको छ। जिल्ला खानेपानी संस्थान कार्यालयका अनुसार यसबाहेक सबैले खानेपानीको मुख्य स्रोतका रुपमा चापाकल प्रयोग गर्ने गरेका छन्। तर, खानेपानी संस्थानले समेत आफ्ना प्रयोगकर्तालाई सुलभ सेवा दिन नसकेको प्रयोगकर्ताहरुको गुनासो छ। तोकिएको समयमा धारा नआउने, आए पनि पर्याप्त पानी नआउँदा समस्या भएको एक प्रयोगकर्ताले बताए।

चुरे जंगलको फँडानी, ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन जस्ता कार्यले पनि पानीको समस्या निम्त्याएको विज्ञहरुको भनाइ छ। पानीको अत्यधिक माग रहेकाले त्यसलाई नियन्त्रण गर्ने अर्को विकल्पका रुपमा आकाशे पानीको संकलन भरपर्दो उपाय हुन सक्ने विज्ञहरु बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।