काठमाडौं - वैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ। विवरण अद्यावधिक नगर्ने ४८ म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरिएको विभागले जानकारी दिएको छ।
विवरण अद्यावधिक नगर्ने म्यानपावर अनलाइन कारोवार बन्द गरी अन्य प्रक्रियाका अगाडि बढाइएको विभागले जनाएको छ। तोकिएको समयसीमा भित्र आफ्नो विवरण अद्यावधिक नगर्ने त्यस्ता म्यानपावरको सूचना प्रणालीमा अनलाइन कारोवार बन्द भएको विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाईले जानकारी दिए।
वैशाख २३ देखि जेठ ३ गतेसम्म म्यानपावर कम्पनीलाई विवरण अद्यावधिक गर्न समय दिइएको थियो। यो समयभित्र विवरण अद्यावधिक नगर्ने म्यानपावर कम्पनीको अनलाइनमार्फत सञ्चालन हुने सम्पूर्ण कारोबार बन्द गर्ने विभागले चेतावनी पनि दिएको थियो।
कारोबार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न नपाउने विभागका सूचना अधिकारी गुरागाईँले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४