आइतबार, साउन २४, २०८३

आफ्नै रेकर्ड तोड्दै कीर्तिमान बनाउँदै कामीरिता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - आरोही कामीरिता शेर्पाले सगरमाथाको २४ औँ पटक सफल आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। शेर्पाले यसअघिको आफ्नै २३ औं पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्। कामीरितालो मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४ औं पटक आरोहण गरेका सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३ औं पटक आरोहण गरेका थिए। उनले सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल भएका हुन्। यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते सुरु भएको थियो। सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५ औँ पटक सगरमाथा आरोहण गरेर सन्यास लिने यसअघि नै बताइसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।