आइतबार, साउन २४, २०८३

मेस्सीले रोनाल्डोलाई पछि पारे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिनी तथा बार्सिलोनाका सुपर स्टार फर्वाडर लियोनल मेस्सीले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पोर्चुगिज सुपर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

एइबारविरुद्ध भएको सिजनको अन्तिम खेलमा दुई गोल गरेसँगै मेस्सीले युभेन्ट्सका फरवार्ड रोनाल्डोलाई क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पछि पारेका हुन् । यस दुई गोलसँगै मेस्सीको क्लबका लागि ६०२ गोल पुरा भएको छ । मेस्सीले ६८६ खेल खेलेका छन् । यता रोनाल्डोले ६०१ गोल पुरा गर्दा ८०६ खेल खेलेका छन् । मेस्सीले बार्सिलोनाको जुनियर बी र सी टिम गरी ७१८ खेलमा ६१३ गोल गरेका छन् । 

यता रोनाल्डोले आफ्नो ६ सय गोलको आँकडा पुरा गर्न पोर्चुगलकै स्पोर्टिङ क्लब, इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड, स्पेनिस ला लिगा क्लब रियल मड्रिड तथा इटालियन सिरी ए क्लब युभेन्ट्सबाट खेलेका छन् ।  क्लबका लागि ६ सयौं गोल पुरा गर्ने पहिलो खेलाडी भने रोनाल्डो हुन् ।

यस सिजन गोल्डेन बुटका दाबेदार समेत रहेका मेस्सीले ला लिगामा ३४ खेलमा ३६ गोल गरेका छन् । यता रोनाल्डोले भने ३१ खेलमा मात्र २१ गोल गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।