आइतबार, साउन २४, २०८३

पर्यटन मन्‍त्रालयले अझैसम्म किन पाएन मन्‍त्री ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री विहिन भएको झण्डै तीन महिना हुन लग्यो। तर, सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले मन्त्री चयनको विषयलाई प्राथमिकतामा राखेको छैन ।

विभागीय मन्त्री नहुँदा मन्त्रालयको रणनीतिक योजना तथा नीतिगत विषय प्रभावित हुँदै आएको छ । फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री रबीन्द्र अधिकारीको निधन भएको थियो। 

यसबीचमा विभिन्न व्यक्तिको नाम चर्चामा आए पनि प्रधानमन्त्री स्वयम नै यसमा हतार गर्ने मुडमा नरहेको स्रोत बताउँछ । केही दिनअघि नेकपाको सचिवालयमा महत्वपूर्ण मन्त्रालयमा मन्त्री नहुँदा बाहिर राम्रो सन्देश नगएको भन्दै मन्त्री छान्न किन ढिलाइ गरेको भन्ने प्रश्न उठाइएको थियो ।
 
निधन भएका नेता अधिकारी नेकपा नेता वामदेव गौतमसँग निकट थिए ।  गौतमसँगैको परामर्शमा नयाँ मन्त्री नियुक्त गर्ने भनिए पनि यसबारेमा ठोस् सम्वाद भएको छैन । पार्टीभित्रैबाट रविन्द्रको ठाउँमा योगेश भट्टराईलाई ल्याउनुपर्ने आवाज उठे पनि योगेश त्यसमा खासै इच्छुक देखिएनन् । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष पनि उक्त मन्त्रालयमा इच्छुक देखिएको छ । प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र नेता वामदेवबीचको परामर्श र सहमतिमा मात्र मन्त्री छान्नुपर्ने भएकोले यो विषय अड्किएको स्रोत बताउँछ । 

पर्यटनमन्त्री नियुक्त गर्न ढिलाइ भएको विषयमा संसदमा पनि सांसदहरुले पटक आवाज उठाएका छन् । 

स्रोतका अनुसार बलियो विभागीय मन्त्री नहुँदा रणनीतिक विषय तथा नीतिगत निर्णयमा बाहिरबाट चलखेल गर्न सजिलो हुने भएकोले हवाइ तथा पर्यटन क्षेत्रका 'डनहरु' मन्त्री नहुँदा सहज अनुभव गरिरहेका छन् । पर्यटनमन्त्री कसलाई बनाउने भन्नेमा त्यस्ता व्यवसायिक 'डनहरु'बाट चलखेल हुँदै आएको छ । अहिले ढिलाइका पछाडि पनि त्यही चलखेलको आशंका गरिएको छ । 

तर, नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङले भने पार्टी एकीकरण लगायतका विषयमा नेतृत्व व्यस्त भएकोले त्यसतर्फ ध्यान दिन नसकिएको बताउँछन्।

‘अहिले पार्टीको काममा सबै नेताहरु व्यस्त छन्। तर, पनि एक–दुई पटक छलफल भएको छ, नेपालसमयसँग नेम्वाङले भने,‘अहिले राज्यमन्त्री हुनुहुन्छ। उहाँले मन्त्रालय चलाउँदै हुनुहुन्छ।’

अहिले मन्त्रालयमा पनि खासै काम नभई बजेट सम्बन्धी काम भइरहेको बताउँदै नेम्वाङ्गले केही दिन पछि छलफल गरी मन्त्री चयन गरिने बताए। 

मन्त्री अधिकारीको निधन पछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका छन् भने धनबहादुर बुढा राज्य मन्त्रीको रुपमा काम गर्दैछन्।

मन्त्री अधिकारीको निधनपछि उनको निर्वाचन क्षेत्रबाट चुनावमा लड्नेहरुको चर्चा गरिएको थियो। उनको क्षेत्रबाट नेकपाका नेता बाम देव गौतम चुनाव लड्ने चर्चा चलेपछि गौतमले उक्त विषयलाई सार्वजनिक रुपमा खण्डन गरेका थिए। 

स्रोतका अनुसार अधिकारीको क्षेत्रबाट उनकी श्रीमतिलाई नै चुनावमा उठाउने तयारी नेकपामा चलेको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अधिकारीको क्षेत्रबाट अधिकारीकै परिवारका सदस्यलाई चुनावमा उठाउने अभिव्यक्ति दिइसकेका छन्। तर, यस विषयमा औपचारिक निर्णय हुन सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।