आइतबार, साउन २४, २०८३

अनलाइनमा कमेन्ट गरेकै कारण लालबहादुर प्रहरी खोरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीबारे तल्लोस्तरमा लेख्ने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले नेपाली खबर अनलाइनमा ‘कमेन्ट’ गर्ने सिन्धुपाल्चोकका ३४ वर्षीय लालबहादुर तामाङलाई सोमबार बानेश्वरबाट पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले सामाजिक सञ्जालको दुरुपयोग गरी त्रास फैलाउने कार्यमा संलग्न रहेकाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए । 

अभियुक्त तामाङलाई विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।