काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ। क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रायोजक ‘माइ सेकेन्ड टिचर’सँगको सहकार्यमा जर्सी सार्वजनिक गरेको हो।
क्यानले आज एक कार्यक्रम गर्दै आदर्श पोखरेलले बनाएको जर्सीको डिजाइन सार्वजनिक गरेको हो। ‘उपलब्ध भएका ५०० भन्दा धेरै डिजाइनबाट आदर्श पोखरेलले बनाएको जर्सी मान्य भएको हो। उनी जर्सी डिजाइन प्रतियोगिताको विजेता बनेका छन्,’ संघले भनेको छ।
यसअघि क्यान र माइ सेकेन्ड टिचरले नेदरल्यान्ड र मलेसियाविरुद्धको सिरिजमा प्रयोग गरेको जर्सीलाई लिएर व्यापक विरोध भएपछि प्रायोजकले जर्सी डिजाइन प्रतियोगिता गरेको थियो। सो प्रतियोगिताबाट जर्सीको डिजाइन छनोट गरिएको हो।