भैरहवा – रुपन्देहीको ओमसतिया–१ खुन्चामा रहेको कटैयास्थित एसियन फार्मास्युटिकल प्रालिमा भिषण आगलागी भएको छ। आगलागीबाट उत्पादन गरेर बजार पठाउनका लागि गोदामा राखिएका औषधि जलेर नष्ट हुनका साथै गोदामघरसमेत जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी धर्म भण्डारीले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने जनाएका छन्। आगलागीबाट के–कति क्षति भएको भन्ने विवरण आउन सकेको छैन। आगो नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगर पालिकाबाट आएका दम्कलहरुले प्रयास गरिरहेका छन्।
थप क्षति रोक्नका लागि जलि रहेको गोदाम घरलाई क्रेनको माध्यमबाट भत्काउने प्रयास गरिएको छ। नेपाल प्रहरी, स्थानीय, सशस्त्र प्रहरीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन्। आगो करिव ५ वजेदेखि लागेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४