आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एनआरएनए एनसिसी अमेरिका च्याप्टरको अध्यक्षमा रेग्मी

एनआरएनए एनसिसी अमेरिका च्याप्टरको अध्यक्षमा रेग्मी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अमेरिका - गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) अमेरिकाको विस्कान्सन च्याप्टरको अध्यक्षमा टुकप्रसाद रेग्मी निर्वाचित भएका छन्। आइतबार सार्वजनिक गरिएको मत परिणाम अनुसार रेग्मी ११७ मत ल्याएर विजयी भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी विष्णुप्रसाद अधिकारी ६९ मत प्राप्त गरे। 

संघको उपाध्यक्षमा दीपक थापा, सचिवमा गोविन्द फुलारा र कोषाध्यक्षमा हरिबहादुर अधिकारी निर्विरोध निर्वाचित भए। 

महिला कोर्डिनेटरमा संगीता अधिकारी वाग्ले तथा सदस्यहरूमा लेखनाथ तिमिल्सेना, ठन्डराज तिमिल्सेना र मदन श्रेष्ठ निर्विरोध चुनिए। दुई वर्षीय कार्यकालका लागि मे १८ र १९ मा चुनाव भएको थियो। 

यस्तै, एनसिसीको केन्द्रीय सदस्यमा वासुदेव अधिकारी र तिलकबहादुर केसी तथा मध्यपश्चिम क्षेत्रको उपाध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित भए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।