आइतबार, साउन २४, २०८३

'आगामी वर्षको बजेटले देश विकासको गियर बढाउँछ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धादिङ - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन्। धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
 
“जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रष्तुत हुन्छ। यसले देश विकासको गियर परिवर्तन गर्छ ”, प्रधानमन्त्री ओलीले भने, “देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्‍याउछ । तीनमा छ भने चारमा पुर्‍याउछ।” 

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथर देखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए। “हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं ”, प्रधानमन्त्री ओलीले भने, “सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ।”

प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताए। “सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ।” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै वर्ष भएको बताए। सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। “हामी केही वर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं।” प्रधानमन्त्री ओलीले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।