काठमाडौं – काठमाडौं प्रहरी परिसरले अवैध नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरुलाई आइतबार दिउँसो बबरमहल र ठमेल यरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट प्रहरीले स्रोत नखुलेको ४२ लाख रुपैयाँसमेत बरामद गरेको छ।
पक्राउ पर्नेमा महोमद मोहम्मद मियाँ, तेजनारायण शुक्ल, नुर ऐन वार्सी, राजेश कुमार शुक्ल, अटल त्रिपाठी, रबी गिरी, नितिन श्रीवस्तावक मोहम्मद सोयल रहेका छन्।
२८ वैशाखमा प्रहरीले साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्दै आएका १२ भारतीयलाई पक्राउ गरेको थियो। आज पक्राउ परेकोहरु पनि सोही समूहका अन्य सदस्य भएको अनुमान गरिएको जनाउँदै प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४