आइतबार, साउन २४, २०८३

सुमार्गीले तिरेनन् साढे चार अर्ब कर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – व्यवसायी अजेयराज सुमार्गीले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ कर तिर्न अस्वीकार गरेका छन्। उनले अर्बौं रुपैयाँ कर तिर्न अस्वीकार गरेको भन्दै आन्तरिक राजश्व कार्यालयले विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा सुमार्गीले ७ वर्षअघि ‘नेपाल स्याटेलाइट टेलिकम’को शेयर टेलिया सोनेरालाई बिक्री गर्दा प्राप्त पूँजीगत लाभ वापतको कर नतिरेको उल्लेख छ।  ‘नेपाल स्याटेलाइट टेलिकम’ को ७५ प्रतिशत स्वामित्व टेलिया सोनेराले ५ अर्ब ६३ करोड ५० लाखमा खरीद गरेको थियो।

आयकर ऐनले २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेअनुसार गएको ११ वैशाखमा आन्तरिक राजश्व कार्यालयले उक्त कम्पनीलाई १ अर्ब ४० करोड ८७ लाख कर निर्धारण गरेको र त्यसमा ब्याजसमेत जोड्दा ४ अर्ब ३१ करोड तिर्नुपर्ने जनाएको छ।

अन्तिम कर निर्धारण भएपछि रकम भुक्तानी गर्न आग्रह गर्दै आन्तरिक राजश्वले कम्पनिको नाममा पत्राचार गरेको थियो। राजश्व कार्यालयले पत्राचार गर्दा पनि कम्पनिले बुझ्न नमानेपछि इमेल र हुलाकमार्फत कम्पनिलाई पत्र पठाइएको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।