आइतबार, साउन २४, २०८३

'दुई हेलमेट नियम तत्काल कार्यान्वयन हुने होइन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईपांग्रे सवारी साधन पछाडि बस्ने यात्रुले हेलमेट लगाउनुपर्ने व्यवस्था तत्काल लागू नहुने स्पष्ट पारेको छ। सामाजिक सञ्जालमा यो नियमको चर्को आलोचना हुन थालेपछि सोमबार ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत यो नियम तत्काल लागु नहुने बताएको हो।
 
यसअघि महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी दुर्घटना न्यूनिकरण गर्न चालकका साथै पछाडि बस्ने यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको थियो। यो खबर सार्वजनिक भएसँगै ट्राफिक प्रहरीमाथि हेलमेट व्यापारीसँग मिलेकोलगाउत असुविधाजनक नियम ल्याएको भन्दै चर्को आलोचना भैरहेको छ।
 
सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि ट्राफिक प्रहरीले भनेको छ, ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १३० उपदफा २ बमोजिम दुईपांग्रे सवारी चलाउँदा चालक तथा सो सवारी साधनमा बस्ने मानिसले टोप (हेल्मेट) लगाउनु पर्छ भन्ने उल्लेख छ। उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबाट हुने क्षति न्युन गर्न सक्छ। यो नियम तत्काल कार्यान्वयन हुने होइन। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुने व्यहोरा अनुरोध छ।'

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।