आइतबार, साउन २४, २०८३

बैंकहरू किन बाध्य भए एटिएममा अनिवार्य नेपाली राख्न ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपालका सबै बैंक तथा वित्तीय संस्थाका एटिएममा नेपाली भाषा अनिवार्य रूपमा रहने भएको छ। राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले एटिएममा अन्य भाषालाई ऐच्छिक र नेपाली भाषालाई अनिवार्य रूपमा राख्न थालेका हुन्। यसअघि एटिएममा अंग्रेजी र चिनियाँ भाषा राखिएका थिए। नेपाली भाषालाई भने केही एटिमएमले मात्र प्रयोग गर्दै आएका थिए। नेपाली भाषा हटाएर चिनियाँ भाषा राखिएको विरोध गर्दै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएपछि राष्ट्र बैंक अन्य भाषालाई ऐच्छिक र नेपालीलाई अनिवार्य रूपमा राख्न सहमत भएको हो।

गत २ गते सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग भेट गरी एटिएममा प्रयोग भइरहेको नेपाली भाषा हटाएर चिनियाँ भाषा राखिएकोमा आपत्ति जनाएको थियो। त्यस्तै सञ्जालले सबै एटिएम र विद्युतीय यन्त्रमा नेपाली भाषा प्रयोग गर्न माग गरेको थियो। 

लगत्तै गभर्नर नेपालले सबै बैंकहरूलाई एक साताभित्र आफ्ना एटिएममा अनिवार्य रुपले नेपाली भाषा राखी जानकारी गराउन कडा निर्देशन दिनका लागि सम्बद्ध विभागका प्रमुखलाई आदेश दिएका थिए। त्यसपछि बैंक तथा वित्तीय संस्थाले आफ्ना एटिएममा अनिवार्य रूपमा नेपाली भाषा प्रयोग गर्न थालेका हुन्। राष्ट्रबैंको निर्देशनपछि सबै बैंक तथा वित्तीय संस्थाले आफ्ना एटिएममा नेपाली भाषालाई अनिवार्य बनाएका छन् भने अन्य भाषालाई ऐच्छिक बनाएका छन्।

महत्त्वपूर्ण उपलब्धि : सञ्जाल

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले बैंक तथा वित्तीय संस्थाका एटिएममा नेपाली भाषा अनिवार्य गर्नुलाई महत्त्वपूर्ण उपलब्धि भनेको छ। सञ्जालका अध्यक्ष प्रा.डा. लुइटेलले भने, ‘हाम्रो माग अन्य भाषा हटाऊ भन्ने होइन, नेपाली भाषालाई अनिवार्य रूपमा राख भन्ने हो। राष्ट्र बैंक त्यसमा सहमत भएको छ। यो हाम्रो ठूलो उपलब्धि हो।’ 

उनले नेपालभित्रका एटिएममा अंग्रेजी, चिनियाँ, हिन्दी, उर्दू जुनसुकै भाषा राखिए पनि ती सबै ऐच्छिक हुनुपर्ने तर नेपाली भाषा भने अनिवार्य रहनुपर्ने बताए। एटिएममा नेपाली भाषा अनिवार्य गरिएकोमा राष्ट्र बैंकलाई धन्यवाद दिएको छ।

सञ्जालले सरकारी निकायबाट प्रकाशित हुने सूचना, बुलेटिन, परिपत्रसहित कुनै पनि आधिकारिक संस्थाका प्रकाशनलाई मानक नेपाली भाषा प्रयोग गर्न दबाब दिँदै आएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।