आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुखको रुलिङ्ग नमानेको भन्दै राजपाद्वारा संसदमा अवरोध

सभामुखको रुलिङ्ग नमानेको भन्दै राजपाद्वारा संसदमा अवरोध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : सभामुख कृष्ण बहादुर महराको रुलिङ्ग सरकारले नमानेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदमा अवरोध गरेको छ। मधेश–थरुहट आन्दोलनको छानविन गर्न पूर्वन्यायाधीश गिरिश चन्द्रलालको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाले माग गर्दै आएको छ।

उक्त माग राख्दै राजपाले यसअघि पनि पटक पटक संसद अवरोध गरेको थियो। जस क्रममा सभामुख महराले मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ्ग गरेको थियो। सभामुखले रुलिङ्ग गरेको महिनौं दिन वित्दासमेत सरकारले प्रतिवेदन सार्वजनिक गरेको छ।

सरकारले सभामुखको रुलिङ्ग नमानेको भन्दै राजपाले आज पनि संसद अवरुद्ध गरेको छ। संघीय संसद, प्रतिनिधि सभाको आजको बैठकमा राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख कृष्णबहादुर महराले राजपाकी सांसद चन्दा चौधरीलाई बोल्ने समय दिएका थिए। सभामुखको रुलिङ्ग सरकारले नमानेको भन्दै सांसद चौधरीले विरोध जनाइन्। सरकारले केही दिनभित्रै कारणसहित जानकारी गराउने विश्वास सभामुख महराले व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।