काठमाडौं- सभामुख कृष्ण बहादुर महराको रुलिङ्ग सरकारले नमानेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदमा अवरोध गरेको छ।
मधेश-थरुहट आन्दोलनको छानविन गर्न पूर्वन्यायाधीश गिरिश चन्द्रलालको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाले माग गर्दै आएको छ।
उक्त माग राख्दै राजपाले यसअघि पनि दर्जन पटक संसद अवरोध गरेका थिए। जस क्रममा सभामुख महराले मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक सरकारलाई रुलिङ्ग गरेको थियो।
सभामुखले रुलिङ्ग गरेको महिनौं दिन वित्दासमेत सरकारले प्रतिवेदन सार्वजनिक गरेको छ। सरकारले सभामुखको रुलिङ्ग नमानेको भन्दै राजपाले आज पनि संसद अवरुद्ध गरेको छ।
संघीय संसद, प्रतिनिधि सभाको आजको बैठकमा राजपाका सांसदहरुले उभेर विरोध जनाएका थिए। त्यसपछि सभामुख कृष्णबहादुर महराले राजपाकी सांसद चन्दा चौधरीलाई बोल्ने समय दिएका थिए।
सभामुखको रुलिङ्ग सरकारले नमानेको भन्दै सांसद चौधरीले विरोध जनाइएन्। सरकारले केही दिनभित्रै कारणसहित जानकारी गराउने विश्वास सभामुख महराले व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४