आइतबार, साउन २४, २०८३

अपरेसन क्लिन काठमाडौं : पुराना फाइल खोतल्दै प्रहरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रहरी सक्रियता बढेसँगै उपत्यकामा अघिल्ला वर्षको तुलनामा संगठित अपराध, अपहरण, गुन्डागर्दी, फिरौतीलगायत घटनामा केही कमी आएको थियो ।

नेकपा विप्लव समूहले एनसेल कार्यालय र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष निवासमा बम विस्फोट गरायो । शान्ति व्यवस्था खलबल्याउने शृंखलाबद्ध आक्रमणले उपत्यका असुरक्षित बनेपछि सरकारले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगायो। 

वैदेशिक रोजगारीमा जाने युवा ठगिन्थे भने बिचौलियाले सेवाग्राहीलाई सजिलै काम गर्न दिन अवस्था थिएन । बिचौलियाको कब्जामा थियो वैदेशिक रोजगार विभाग । सेवाग्राहीले प्रहरीसँग गुहार मागेपछि प्रहरी सक्रियतामा बिचौलियाको सञ्जाल ध्वस्त पार्‍यो । 

यी गैरकानुनी गतिविधि त्यत्तिकै नियन्त्रणमा आएका होइनन् । प्रहरीको 'अपरेसन क्लिन काठमाडौं' अभियान सुरु भएपछि संगठित अपराध, अपहरण, गुन्डागर्दी, फिरौती आदि गतिविधि न्यून भएका हुन्। 

अभियानमा एक हजार बढी अनुसन्धान अधिकृत परिचालित छन् । महानगरीय अपराध अनुसन्धानका एसएसपी सहकुल थापाको नेतृत्वमा एसपी केदार ढकाल, एसपी सोमेन्द्रसिंह राठौर र डिएसपी रुगम कुँवरले उपत्यकामा हुने गैरकानुनी क्रियाकलापको सूक्ष्म निगरानीमा परिचालित छन्।

त्यस्तै परिसरले एसएसपी उत्तम सुवेदी एसपी अशोक सिंह तथा डिएसपी होविन्द्र बोगटी नेतृत्वमा विभिन्न ६ टोलीलाई गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न खटाएको छ ।

महाशाखा र परिसरको सक्रियतापछि संगठित अपराध, विस्फोट, गुन्डागर्दी फिरौतीलगायत घटनामा आंशिक कमी आएको छ । साइबर क्राइम तथा मानव बेचबिखनका घटना वृद्धि हुँदा प्रहरीका लागि अनुसन्धान थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकामा बढ्दो जनसंख्यासँगै आपराधिक घटना पनि बढेका छन् । साथै आपराधिक कार्यमा प्रविधि प्रयोग हुन थालेपछि प्रहरी अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको हो ।
 
काठमाडौंको सुरक्षा चुनौती नियन्त्रण गर्न प्रहरी मुख्यालयले अनुसन्धान अपरेसन तथा गुन्डागर्दी नियन्त्रणमा विशेष दख्खल भएका दुई वरिष्ठ प्रहरी उपरीक्षकलाई अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेवारीसहित सरुवा गरेको छ । 

के हो क्लिन काठमाडौं अभियान ?

अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन, 'संगठित अपराध र गुन्डागर्दी नियन्त्रण तथा उपत्यकामा हुने अश्लील त्रियाकलाप नियन्त्रण गर्ने अभियान हो यो ।' उनका अनुसार यसको उदेश्य उपत्यकाको शान्तिसुरक्षा थप सुदृढ बनाउनु हो । 

थापाले काठमाडौंमा हुने अपराध, गुन्डागर्दी, फिरौती तथा व्यापारी धम्क्याउने क्रम केही घटेको दाबी गरे ।  प्रहरी सक्रियताले केही गुन्डा जेल परेका छन् भने केहीले देश छाडेर बिदेसिएका छन् । तर तिनीहरुले कुनै पनि बेला आफ्नो सक्रियता बढाउन सक्ने उनको भनाइ छ । उनले भने, 'काठमाडौंमा कुनै अप्रिय घटना नहोस् भनेर हामीले संगठित अपराध र गुन्डाको निगरानी र विगतमा भएका घटनाको अध्ययनसमेत सुरु गरेका छौ ।'
 
महानगरीय प्रहरी परिसर काठमाडौंले पनि उपत्यकाको शान्तिसुरक्षा थप मजबुत बनाउन प्रहरी सक्रियता बढाएको छ । परिसरले काठमाडौंका विशेष ६७ स्थानमा स्थायी पिकेट बनाएको छ भने कुनै अप्रिय घटना सूचना पाए तत्काल घटनास्थल पुग्ने गरी ८६ वटा क्विक रेस्पेन्स टिम विभिन्न स्थानमा तयारी अवस्थामा राखेको जनाएको छ । सूचना संकलनका लागि विगतमा भन्दा सादा पोसाकका प्रहरी संख्या वृद्धि गरिएको छ । आवश्यकताअनुसार पैदल गस्ती र साइकल गस्तीसमेत बढाइएको परिसरले जनाएको छ ।

परिसरका एसपी अशोक सिंहले सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरी परिचालन बढाइएको बताए । उनले भने, 'सामाजिक विकृतिले हुनसक्ने घटनामाथि प्रोएक्टिभ पुलिसिङ अवधारणाअनुसार परिसर अगाडि बढेको छ ।'

अप्रिय घटना हुन नदिन मातहतका सबै निकायलाई निर्देशन दिएको सिंहले बताए । आपराधिक क्रियाकलाप र लागूऔषध कारोबार बढी हुने स्थानमा सूक्ष्म निगरानी बढाएको उनले जानकारी दिए । यस्तै परिसरले ठमेल, नयाँबसपार्क, कलंकीलगायत ठाउँमा स्टिङ अपरेसन सञ्चालन गरेको छ।परिसरको सक्रियताले दैनिक सय जनाभन्दा बढी पक्राउ पर्न थालेका छन् । पक्राउ पर्नेहरु सरकारी कर्मचारी र गैरसरकारी व्यक्ति पनि छन् ।
 
संगठित अपराधी र गुन्डाहरु केही प्रहरी नियन्त्रणमा आएका छन् भने केही फरार छन् । तर गुन्डाहरुको सन्जाल राजनीतिक नेतासम्म फैलिएकाले कुनै पनि बेला उनीहरुको सक्रियता बढ्न सक्ने प्रहरी अनुमान छ । त्यसका लागी महाशाखा र परिसरले थप निगरानी बढाएको छ ।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।