आइतबार, साउन २४, २०८३

प्रहरीले गोली हानेर गुन्डा समात्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रहरीले गोली हानेर एक जना टोले गुन्डालाई पक्राउ गरेको छ । काठमाडौँको टोखामा गोली हानेर प्रहरीले टोले गुन्डा विष्णु तामाङ ‘काले’ लाई नियन्त्रणमा लिएको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान सवा ६ बजे कालेलाई हानेर पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए। उनले भने- 'हामीले लामो समयदेखि खोजी राखेका थियौ, टोखामा भेटियो र पक्राउ गरियो ।'
 
उनका अनुसार प्रहरीले पक्राउ गर्न खोज्दा विष्णु बन्दुक देखाए पछि प्रहरीले उनको घोडामा गोली हानेको हो । घाइते विष्णुको वीर अस्पतालमा उपचार भइरहेको छ। पक्राउ परेका विष्णु खुंखार र पेशेवर डाँका भएको समेत उनले बताए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।