आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कारबाही सिफारिसमा परेका न्यायाधीश उपाध्यायले दिए राजीनामा

कारबाही सिफारिसमा परेका न्यायाधीश उपाध्यायले दिए राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – न्यायपरिषदको छानबिन नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै कारबाही सिफारिसमा परेपछि जिल्ला न्यायाधीश ओमकार उपाध्यायले राजीनामा दिएका छन्। उपाध्यायले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की सामु राजीनामा बुझाएका हुन्।

उनी विरूद्धका उजुरीमा छानविन गर्न परिषद सदस्य रामप्रसाद सिटौला र पदम वैदिकको समिति बनेको थियो। समितिले उनलाई कारबाही सिफारिस गरेकोमा न्यायपरिषदले उक्त सिफारीस राजपत्रमै प्रकाशित गरेको छ।

उपाध्यायले न्यायपरिषदमा भारतको कानपुर विश्वविद्यालय (हाल छत्रपति साहुजी महाराज विश्वविद्यालय) बाट स्नातक तहको शैक्षिक प्रमाणपत्रका रूपमा प्रोभिजनल सर्टिफिकेटमात्र बुझाएको न्यायपरिषदले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।