आइतबार, साउन २४, २०८३

गढीमाईमा सामुदायीक भवन निर्माण गरिदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज – बाराको गढीमाई मन्दिर परिसरमा ७ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न विवाह भवन निर्माण गर्न लागिएको छ।

प्रदेश सरकारको आर्थिक सहयोगमा प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिर परिसरमा ५० कोठे सामुदायीक भवन र विवाह मण्डप निर्माण गर्न लागिएको हो।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र उनकी धर्मपत्नी रजनी सोनलले आइतबार मण्डपको संयुक्त रुपमा शिलान्यास गरे। यसैगरी महानगरपालिकाको वडा नम्बर २१ ताजपुर टोलमा विवाह भवन निर्माण गर्न लागिएको छ।

सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदीप यादवको संसदीय कोषबाट २० लाखको लागतमा भवन निर्माण गर्न लागिएको हो।

भवन निर्माण कार्यको आइतबार सांसद यादवले शिलान्यास गरेका छन्। सामुदायीक भवनको अभावमा कमजोर आर्थिक अवस्थाका स्थानीयबासिन्दालाई विवाह कार्यक्रम आयोजना गर्न होटल र पार्टी सेन्टरमा महगो शुल्क तिर्नुपर्ने बाध्यता नहुने सांसद यादवले बताए। सामुदायीक गतिविधी र वैवाहिक कार्यक्रम आयोजना गर्नको लागी भवन प्रयोगमा आउने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।