आइतबार, साउन २४, २०८३

नर्सको आन्दोलनप्रति कांग्रेसको ध्यानाकर्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नर्सहरुले आफ्नो पेशागत हकहितको माग राखी शुरु गरेको सङ्घर्षका कार्यक्रमप्रति राज्यले उदासीनता देखाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेसले आइतबार विज्ञप्तिमार्फत नर्सहरुले आफ्नो पेशागत हकहितको संरक्षण तथा न्यूनतम सेवासुविधाको माग राखी सङ्घर्षको कार्यक्रम गरेको दशौँ दिन बित्दा पनि राज्यले उदासीनता देखाएको जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत अनशनमा बसेका नर्सहरुको स्वास्थ्य स्थिति बिग्रँदै गएकोतर्फ समेत राज्य गम्भीर नदेखिनु दुःखद विषय भएको उल्लेख गरेका छन्। कांग्रेसले यथाशीघ्र वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोज्न सरकारसँग आग्रह गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।