आइतबार, साउन २४, २०८३

मोटरसाइकलमा पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – मोटरसाइकलमा पछाडि बस्नेले अब अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने व्यवस्था सहितको कानुन लागु हुने लागेको छ। महानगरीय ट्राफिक महाशाखाले आइतबार प्रत्रकार सम्मेलन गर्दै मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट अनिवार्य लागाउनुपर्ने व्यवस्था लागू गर्न लागिएको जनाएको छ। 

महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलनमा सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको बताए। उनले हेलमेट पनि आईएसओ मान्यता प्राप्त हुनुपर्ने बताएका छन्।
एसएसपी पन्तले ट्राफिक कारबाहीमा परेका व्यक्तिको सहजताका लागि अनलाइन पेमेन्ट सेवाको पनि सुरुवात् गर्न लागिएको जानकारी दिएका छन्। उनले करिडोरमा साना सवारीसाधन सुचारु गर्ने, पैदल सडकलाई व्यवस्थित गर्ने, ट्राफिक लाइटको व्यवस्थापन लगाएतका कार्यक्रमहरू अगाडि सारिएको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।