आइतबार, साउन २४, २०८३

गर्मीयाममा नेपाल आउने चराको सङ्ख्या बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भरतपुर – गर्मीयाममा बच्चा कोरल्न नेपाल आउने चराको सङ्ख्या वृद्धि भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका सामुदायिक वनमा गरिएको गणना र अवलोकनबाट चराको सङ्ख्या बढेको पाइएको हो।

चैतदेखि नेपालमा भारत, श्रीलङका र दक्षिण पूर्वी एशियाका देशबाट चरा अण्डा पार्न र बच्चा कोरल्न नेपाल आउने गरेको वर्ड एजुकेशन सोसाइटीका पूर्व अध्यक्ष वासु बिडारीले जानकारी दिए। ‘चैतदेखि भदौभित्रको अवधिमा चरा यहाँ आउँछन्’, बिडारीले भने, ‘बच्चा जन्माइसकेपछि पुरानै बासस्थानमा फर्कन्छन्।’ चराले बच्चा कोरल्ने र हुर्काउने अवधि डेढदेखि दुई महीनासम्मको हुन्छ। अहिले आउने चराले घाँसेमैदान र रुखमा गुँड पार्ने गरेको बिडारीले जानकारी दिए। 

चराले गतवर्ष जुन ठाउँमा गुँड लगाएका थिए यस वर्षपनि सोही ठाउँमा गुँड लगाउने गरेको उनले बताए। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा चराको गुँड बढी देखिएको छ। ‘यो याममा चितवनसहित पर्सा र बर्दिया राष्ट्रिय निकुञ्जका साथै तराईका वनमा चरा गुँड पार्न आउने गरेका छन्’, उनले भने, ‘नेपालमा सबैभन्दा धेरै चरा चितवन राष्ट्रिय निकुञ्जमा आउने गर्छन्।’ यो याममा आउने चराको गणना चितवनमा मात्रै गरिन्छ। वर्ड एजुकेशन सोसाइटी, हिमालयन नेचर, नेपाल पक्षीविद् सङ्घ र चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा विगत पाँच वर्षदेखि चरा गणना गर्न थालिएको उनले बताए।

‘नेपालमा चराको सङ्ख्या कहिले बढ्ने र कहिले घट्ने हुन्छ’, चराविद् डा हेमसागर बरालले भने, ‘चराको बासस्थान र आहारामा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता छ।’ कोइली, पिट्टा, लालठुँडे, ठेउवा, मुरली, सुनचरी लगायत प्रजातिका चरा यो याममा नेपाल आउने गरेको उनले बताए। ‘हिँउदमा गुँड र आहारा खुम्चिएको क्षेत्र गर्मी याममा बढ्छ’, उनले भने, ‘आफ्नो सन्तान हुर्काउन उचित स्थान खोज्दा चराबीच द्वन्द्व हुने समय पनि हो।’ प्रायः चरा वनमा आश्रित हुने भएका कारण कीरा फट्याङ्ग्रा र फलफूल खाएर बाँच्छन्।

पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो विषादीको प्रयोगका कारण पनि कीरा फट्याङग्राको सङ्ख्या कम हुँदा चरालाई आहराको समस्या हुने गरेको बरालको भनाइ छ। जथाभावी विषादी प्रयोगले चराको वासस्थान सङ्कटमा पर्दै गएको हो। ‘विषादी प्रयोग बढेसँगै चराको वासस्थान सङ्कटमा पर्दै गएको छ’, बरालले भने, ‘त्यसैले बासस्थान जोगाउन ध्यान दिनुपर्छ।’ विषादी प्रयोगले अण्डा चाँडै फुट्ने र प्रजननमा समस्या हुने गरेको छ। 

विभिन्न देशका पर्यटकहरु चरा हेर्नकै लागि समय छुट्याएर नेपाल आउने गर्छन्। नेपालमा अहिलेसम्म अभिलेख भएका ८ सय ८७ प्रजातिका चरा छन्। त्यसमध्ये ८ प्रचातिका चरा लोप भएको चरा विज्ञको अनुमान छ। नेपालमा मात्रै पाइने प्रजातिको चरा काँडेभ्याकुर हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।