शुक्रबार, कात्तिक २८, २०८२

पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध

भारी वर्षासँगै आएको पहिराका कारण धुन्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरुद्व भएको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

National life
Laxmi sunrise bank
kumari

रसुवा– भारी वर्षासँगै आएको पहिराका कारण धुन्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरुद्व भएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुन्चेभन्दा पारि खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन बन्द भएको हो। नेपाल–चीनबीचको व्यापार व्यवसाय गर्ने एकमात्र अन्तर्राष्ट्रिय राजमार्ग भएका कारण छिटोभन्दा छिटो खुलाउन पहल कदमी सुरु भइरहेको बताइएको छ।

राजमार्ग अवरूद्ध हुँदा सवारीसाधन बीचबाटामै अलपत्र परेका छन्। उत्तरी रसुवामा आकस्मिक रूपमा पर्ने बिरामीसमेत जिल्ला अस्पताल धुन्चे ल्याउन समस्या भएको छ। आकस्मिक पहिरो पन्छाउने प्रयोजनका लागि सडक विभागले धुन्चेमा राखिएको लोडर सञ्चालन गर्न अपरेटर नहुँदा पहिरो पन्छाउन समस्या उत्पन्न भएको ट्राफिक प्रहरीले जनाएको छ। धुन्चेमा उपकरण भएको र चालक भने काठमाडौ्रतर्फ गएको ट्राफिक प्रहरीको भनाइ छ।

पछिल्लो जानकारीअनुसार स्याफ्रुबेंसीमा रहेका एक सडक प्राविधिकले स्थलगत निरीक्षण गरी मंगलबारसम्म राजमार्ग सञ्चालन गराउने प्रतिबद्वता गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।रासस

प्रकाशित: Aug 23, 2021| 15:49 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।