शनिबार, साउन २३, २०८३

जीप दुर्घटनामा तीनको ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परी तीन यात्रु घाइते भएका छन्। देहीमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका– १० बाराकोटका अन्दाजी ४०/४५ वर्षका हिराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको छ। मृत्यु हुने मध्ये एकजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका–१० का अन्दाजी ४०/४५ वर्षका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बस्ने अन्दाजी २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका १० का नवीन भट्ट घाइते भएका छन्। जीप दुर्घटनाको कारण खुलेको छैन्। 

जीप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलतर्फ प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरी नेतृत्वको टोली गएको छ भने घाइतेहरुलाई अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।