शनिबार, साउन २३, २०८३

राजपाले हटायो अध्यक्ष मण्डलीय प्रणाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ  - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विधानबाट अध्यक्ष मण्डलीय प्रणाली हटाएको छ। अब राजपा एक अध्यक्षीय प्रणालीमा जाने भएको छ। राजपा अध्यक्ष मण्डलको बैठकले पार्टी विधानमा संशोधन गर्ने निर्णय गरी अध्यक्ष मण्डलीय प्रणाली हटाएको हो। बिहीबार सुरु भएको राजपा अध्यक्ष मण्डलको बैठक आइतबार सकिएको छ।

यसअघि राजपा विधानमा पार्टीको महाधिवेशनपछि पनि अध्यक्ष मण्डलीय प्रणाली राख्ने व्यवस्था थियो। उक्त व्यवस्था संशोधन गर्दै अबको महाधिवेशनबाट राजपा एकल अध्यक्षीय प्रणालीमा जानेछ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारीका अनुसार विधान संशोधन गरी केही प्रावधान थपिएका छन्। संशोधित विधानमा स्थानीय तहमा निर्वाचित सदस्यहरूले समेत सदस्यता फाराम भर्नुका साथै शपथ ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै कुनै तहको समिति गठन गर्दा पुरानो ६ वटै पार्टीका प्रतिनिधिहरूको सहमति लिनुपर्ने व्यवस्था हटाइएको छ।

राजपाले निर्वाचन आयोगमा बुझाएको विधानमा दुई वर्षभित्र महाधिवेशन गर्ने भनी जनाएको थियो।  अब महाधिवेशनको अवधि बढाएर तीन वर्ष पुर्‍याइएको भण्डारीले जानकारी दिए। राजपाको अध्यक्ष मण्डलीय प्रणालीअनुसार सोमबारदेखि अध्यक्ष मण्डलको संयोजक अनिलकुमार झा हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।