शनिबार, साउन २३, २०८३

ढाडै सेक्ने तरकारी भाउ, गोलभेडा  किलोको १८० 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी : उपभोक्ताको मागअनुसारको उत्पादन नभएपछि धनगढीमा तरकारीको मूल्य आकासिएको छ। तरकारीको मूल्य अत्यधिक बढेपछि सबैभन्दा बढी गरिखाने वर्ग समस्यामा परेका छन्। सबैभन्दा बढी गोलभेडाको भाउ बढेर १ सय ८० रुपैयाँ किलो पुगेको छ। 

एक महिना पहिले प्रति किलो ४० रुपैयाँमा पाउने गोलभेडा करिव पाच गुणाले बृद्धि भएको छ । गोलभेडाको मूल्य आकासिएपछि अधिकांश उपभोक्ताको भान्छामा गोलभेडा पाक्नै छोडेको छ । सबै तरकारीको बढेको छ त्यसमा पनि गोलभेडाको मूल्य त छुनै नसकिने छ धनगढी-२ कि शोभा खड्काले भनिन् । तरकारीको मूल्य बढेपछि भाडामा बस्दै आएकाहरु बढी समस्यामा परेको उनले सुनाइन् ।
 
एकातर्फ कृषकहरुले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका छन् भने त्यसैमा बेला–बेला चलेको हावाहुसमेत तरकारी उत्पादनमा असर पुगेको किसानहरुले बताएका छन्। एक्कासी तरकारीको मूल्य अकासिएपछि केही उपभोक्ता त तरकारी हेरेरै फर्किने गरेको धनगढीको हाट बजारमा तरकारी व्यवसायी गर्दै आएकी मनमती चौधरीले बताइन् । तरकारी हेर्छन् अनि मूल्य भनेपछि जिब्रो टोकेर फर्किन्छन् । किसानरुले समयमै मलखाद नपाउने, इन्धन नपाउने र उत्पादन भएको तरकारी जोगाउन कोल्ड स्टोर समेत नहुँदा समस्या भएको हो।
 
त्रिनगर हाट बजार व्यवस्थापन समितिका अध्यक्ष भगवानसि‌ह चैसिरले लामो समयसम्म परेको हावाहुरीले गर्दा तरकारी महँगआेमा बेच्नु परेको बताए। किसानहरुले समयमै मलखाद नपाउने, तेल नपाउने र  तरकारीको कोल्ड स्टोर नहुँदा तरकारी त्यत्तिकै खेर जादै गरेको उनले बताए। भारतबाट अहिले तरकारीको अत्याधिक आयात हुँदा ग्रामिण क्षेत्रका किनासहरुले उत्पादन गरेको तरकारीले भने बजार पाउन सकेको छैन्।

 बिगतका बर्षहरुमा यो सिजनमा दुई रुपैया प्रतिकिलो सम्म गोलभेडा पुगेको सम्झिदै धनगढी-५ का हिक्मत बुढाले यो बर्ष गोलभेडाको मुल्यले ईतिहास नै रचेको बताए ।।उनले गोलभेडा बिना नै तरकारी खानु परेको सुनाए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।