शनिबार, साउन २३, २०८३

जीपको ठक्करबाट सर्लाहीमा बाबु-छोराको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सर्लाही- नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ । 

 नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा शनिबार हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा लक्ष्मणको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए । 

राय बाबु–छोरा भैँसी चराएर घर फर्किदै गर्दा जीपले ठक्कर दिएको हो । लक्ष्मणको घटनास्थलमै मृत्यु भएको थियो भने उनका बाबु जैसीको उपचारको क्रममा हरिवनमा मृत्यु भएको हो । जीप चालक लालबन्दी नगरपालिका–७ का २० वर्षीय शिवनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।