नयाँदिल्ली- भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आइतबार (आज) अन्तिम चरणको मतदान सुरु भएको छ । अन्तिम चरणमा ५९ लोक सभा सदस्यका लागि विभिन्न आठ राज्यमा मतदान भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आज उत्तर प्रदेशका तेह्र, विहारका आठ, पश्चिम बंगालका नौ, पञ्जावका तेह्र सिटमा मतदान हुँदैछ । त्यस्तै मध्य प्रदेशका आठ, झारखण्ड का तीन, हिमाञ्चल प्रदेशका चार, चण्डिगढको एक सिटमा पनि आजै मतदान भइराखेको छ।
अन्तिम चरणको मतदान भएपछि मे २३ तारिखमा निर्वाचनको मतपरिणाम घोषणा हुँदैछ । प्रारम्भिक मत सर्वेक्षणले फेरि पनि भारतीय जनता पार्टी नै ठूलो दल बन्ने संकेत गरेको छ। २०१४ को जसरी नै धेरै सिटमा जित हात नपारे पनि ठूलो दल बन्ने सर्वेक्षणहरुको अनुमान छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४