शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धादिङ- काकडभिट्टाबाट काठमाडौं आउदै गरेको यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिएका छन् । मृतकहरुको सनाखत भने हुन सकेको छैन । 

आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। निकै स्पिडमा रहेको उक्त बस धादिङको आदमघाटमा आएपछि त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । 

दुर्घटनामा २८ जना घाइते छन्। घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडाैं पठाइएकाे छ। अन्यकाेस्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेकाे छ। 

१८ जना यात्रु बोकेर झापाबाट हिडेको बस विभिन्न ठाउँमा लोकल यात्रु बोकेका कारण कति यात्रु थिए बसमा भन्ने खुल्न सकेको छैन् । दुर्घटनाको कारण पनि खुल्न सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।