शनिबार, साउन २३, २०८३

आजका अखबार : बजेटअघि नै आकासियो महँगी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

कांग्रेसमा सभापति शेरबहादुर देउवालाई कारबाहीको मागसहित १२ सय उजुरी परेको विषयलाई मुख्य समाचार बनाएको आजको नयाँ पत्रिकाले बजेट अघि नै महँगीले आकास छोएको विषयलाई प्राथमिकताका साथ छापेको छ । 

सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्याे । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको समचारमा उल्लेख छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।

महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । महिनादिनअघि ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको गोलभेडा कालिमाटी बजारमा शनिबार एक सय १० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । त्यही गोलभेडाको दाम काठमाडौंका साना बजार र किराना पसलमा एक सय २० रुपैयाँ प्रतिकिलोसम्म पर्छ ।

खसीको मासुको भाउ प्रतिकिलो दुई सय रुपैयाँ बढेको छ । जिउँदो खसीको भाउ प्रतिकिलो छ सयबाट बढेर छ सय ५० रुपैयाँसम्म पुगेको छ । एक महिनाअघि एक हजार ५० रुपैयाँ प्रतिकिलोसम्म रहेको खसीको मासुको भाउ अहिले एक हजार दुई सय ५० पुगिसकेको छ ।

चामल, दाल, तेललगायत खाद्यपदार्थको मूल्य पनि बढेको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार ९० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दाल एक सय पुगेको छ । मासको दाल एक सय १० बाट एक सय २० र ठूलो खालको मासको दाल र रहर दाल एक सय ३० बाट १४० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
 
खुद्रा व्यापार संघका अनुसार जिरा मसिनो (लोकल) चामल ३३ सय प्रतिबोराबाट बढेर ३३ सय ५० पुगेको छ । सोना मन्सुली (सामान्य) १४ सय प्रतिबोराबाट बढेर १४ सय ५० पुगेको छ । खानेतेल प्रतिलिटर १० रुपैयाँ बढेको छ । सूर्यमुखी तेल एक सय ४० बाट एक सय ५० रुपैयाँ पुगेको श्रेष्ठले बताए । ७५ रुपैयाँ प्रतिकिलोमा पाइरहेको चिनी ८० पुगिसकेको नयाँ पत्रिकाले लेखेको छ । 

आजको कान्तिपुरले भने पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालयको जग्गामा डोजर लगाएर वडा कार्यालय बनाउन भवन शिलन्यास गरिएको विषयलाई मुख्य समाचार बनाएको छ। विद्यालयको अनुमति विनै विद्यार्थी र शिक्षकहरु पन्छाएर वडा नम्बर ८ को कार्यालय भवन मेयर विद्यासुन्दर शाक्यले शिलन्यास गरेका हुन् । 

जग्गा कब्जामा परेपछि विद्यालयले शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानमा उजुरी दिएका छन् । शैक्षिक संस्थाको जग्गामा नगरपालिकाको भवन बनाउनु न्यायसंगत नहुने भन्दै विद्यालयले उजुरी दिएको समाचारमा उल्लेख  छ। 

यस्तै कान्तिपुरले पशुपतिको जग्गा अहिले पनि माना चामलका हिसावले भाडा लगाइएको पनि खुलासा गरेको  छ । यसरी जग्गा लिनेमा तारागाउँ रिजेन्सी (होटल हायात), गौशालाको द्वारिकाज होटल, तिलगंगा आँखा अस्पताल, त्रिभुवन विमानस्थल, सूचना विभाग, पत्रकार महासंघ र प्रेस काउन्सिल भएको सञ्चारग्राम पनि रहेको छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले भने प्रदुषण विकराल बन्दै गएको विषयलाई मुख्य समाचार बनाएको छ ।
 
नागरिक दैनिकले भारतले पेलेर सडक बनाउँदा दार्चुलको सिमा क्षेत्रमा क्षती पुगेको विषयलाई मुख्य समाचार बनाएको छ । भारतीय पक्षले जथभावि रुपमा विस्फोट गराउने र अनेक निर्माण समाग्री प्रयोग गर्दा यो स्थिती देखा परेको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।