शनिबार, साउन २३, २०८३

मेयरको गाडीमा आगजनी गर्ने २ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – अछामको मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। मंगलसेन नगरपालिका वडा नम्वर १ का बर्ष १९ को दिपेन्द्र जैगडी र सोहि ठाउका १९ बर्षकै एकेन्द्रराज नाथलाई पक्राउ गरिएको हो।

नगरपालिकाका मेयर पदमबहादुर बोहराले प्रयोग गर्दै आएको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनि गरिएको थियो। आगजनीमा संग्लन रहेको देखिएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिए। 

नगरपालिका परिषरमै राखिएको मेयर चढ्ने गाडी एक बर्ष अगाडी मात्रै एक करोड २० लाखमा खरिद गरिएको थियो। प्रहरीले बजारमा डिजल किनेको रेकडका आधारमा अनुसन्धान गर्दैगर्दा पत्ता लागेको बुझिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।