शनिबार, साउन २३, २०८३

हराएका मोबाइल फेला पार्दै प्रहरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी – अपराध अनुसन्धानमा आवस्यक कल डिटेल रेकर्डर (सिडिआर) शाखा इलाका प्रहरी कार्यालयमा यहि वैशाखबाट सुरु भयो। अपराध अनुसन्धानका लागि खोलिएको शाखाले हराएको मोबाइल खोज्न सजिलो भएको प्रहरीको भनाई छ। इलाका प्रहरी कार्यालयको तथ्यांक अनुसार वैशाखबाट ६७ वटा मोबाइल हराएको उजुरी प्रहरीकोमा परेका छन्। जसमा ४५ वटा मोबाइल भेटिइसकेको र २१ जनालाई शनिबार हस्तान्तरण गरिएको छ। 

हराएको मोबाइल पाएर खुशी छन इटहरीका शिक्षक विनोद सुवेदी। इटहरी २० का सुवेदीले गत वर्षको होलीको भोलिपल्ट धरानको देउरालीमा हराएको मोबाइल पाएको बताए। उनले भने, ‘एउटा निवेदनको भरमा हराएको मोबाइल पाउने आशा चै थिएन तर पाइयो।’ हुवावेको मोबाइल सेट हराएपनि प्रहरीले फेला पारेकोमा खुशि छन् सुवेदी। 

सुवेदी जस्तै खुशी छन् इटहरीका शैक्षिक उद्यमी पुष्प अधिकारी र उत्तरी मोरङको सुन्दरहरैचाकि स्थानीय बबिता चौधरी। अधिकारीले इनरुवाबाट माघ ६ गते रेडएमआई फाइभ र चौधरीले सामसुङको सेट इटहरीबाट यहि वैशाख २३ गते हराएकि थिइन्। शनिबार प्रहरीले बोलाएर मोबाइल फिर्ता दिएपछि अधिकारी र चौधरी खुशी छन्। 

यसरी पत्ता लाग्छ हराएको मोबाइल

छोटकरीमा ‘इएमआइइ’  भनिने इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर दिएर उजुरी दिएपछि मोबाइल खोज्न सिडिआर शाखालाई सजिलो हुने इलाका प्रहरी कार्यालय इटहरीका डिएसी समिरचन्द्र खरेलले बताए। उनले भने, ‘इएमआइइ नम्बर दिएपछि सिम फालेर मोबाइल चलाएपनि कहाँ चलिरहेको छ थाहा हुन्छ।’ सिडिआर शाखा स्थापनाबाट इटहरीबाट हराएका मोबाइलहरु पोखरा, नेपालगंज हुँदै सुर्खेतसम्म पुगेको पाइएको डिएसपी खरेलले बताए। 

डिएसपी खरेलका अनुसार सामसुङका १७ वटा, हुवावेका १० वटा मोबाइल फेला परेकोमा सामसुङका ४ र हुवावेका ५ वटा मोबाइल बुझाइएको छ। ओप्पो र रेडमिका ५/५ वटा मोबाइल फेला पारेकोमा ४ वटा ओप्पोधनि र ३ वटा रेडएमआइ मोबाइल धनिले मोबाइल फिर्ता पाएका छन्। २/२ वटा आइफोन र  भिभो फेला परेर सबै सम्बन्धित व्याक्तिले बुझिसकेका छन्। यस्तैगरी, लाभाको २ सेट भेटिएकोमा १ सेटकाधनिले मोबाइल बुझिसकेको प्रहरीले बताएको छ। कार्बन र जिओनीका १/१ वटा सेट भेटिएकोमा सम्बन्धित व्याक्तिहरुले बुझ्न बाँकि छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।