शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको जागरण अभियान सुस्त, 'गुट मिलेन, भातृ संगठन सक्रिय भएन'

कांग्रेसको जागरण अभियान सुस्त, 'गुट मिलेन, भातृ संगठन सक्रिय भएन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ जारी छ। केन्द्रीय नेताहरु स्थानीय तथा वडा तहसम्म पुग्दैछन्। 

तर, अभियान आक्रमक रुपमा अगाडि बढ्न सकेको छैन। कांग्रेसले अपेक्षा गरे अनुसारको गतिविधि जागरण अभियानमा हुन नसकेको भन्दै पार्टीकै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।पार्टीभित्रको गुटगत विवाद र भातृ संगठनहरुको निस्क्रियताले जागरण अभियान सुस्त भएको कांग्रेसका नेताहरुको बुझाई रहेको छ।

नेता भीमसेन दास प्रधान भन्छन्, ‘अपेक्षित रुपमा गती लिन नसके पनि काम भइरहेको छ। भातृ संगठनहरु खासै सक्रिय देखिएको छैन। नेपाल विद्यार्थी संघ कांग्रेसका लागि महत्वपूर्ण हो तर अहिले विद्यार्थीहरु नै खासै सक्रिय देखिएको छैन। सायद उनीहरुभित्रको विवाद र पार्टीले गरेको नजरअन्दाजले नेविसंघ निस्क्रिय छ।’ नेवि संघ जस्तै अन्य भातृ संगठनहरु पनि सक्रिय हुन नसकेको दासको बुझाइ रहेको छ।

‘गुटका आधारमा पनि केही असर परेको छ। काठमाडौंकै कार्यक्रममा केन्द्रले दिएको दिर्नेशन पालना भएन। गुट मिलाउँदा केही तलमाथि भइरहेको छ।’, दासले भने, ‘अरु साथीहरुले मलाई सहयोग नगरेपनि मैले सबै साथीलाई सहयोग गरेको छु। मैले कसैलाई दुःख दिएको छैन तर हाम्रै क्षेत्रमा अन्य साथीहरुले मसँग सल्लाह गरेका छैनन्।’

नेता मिन बहादुर विश्वकर्मा गुटगत विवादले छिटपुट घटना भएको बताउँदै सबै गुटहरु काम गरिरहेको दाबी गर्छन्। ‘अब पार्टीमा गुट त स्वभाविक हो। त्यसले खासै असर गरेको छैन। तर केही स्थानमा छिटपुट घटनाहरु भएका छन्।’, विश्वकर्माले भने, ‘सबैलाई मिलाएर अभियान भइरहेको छ।’

अहिले जिल्ला, क्षेत्र र स्थानीय स्तरमा काम भइरहेकोले मिडियाको नजरमा आउन नसकेको उनले बताए। ‘मिडियामा चर्चा आउन केन्द्रमा कार्यक्रम हुनु पर्छ’, उनले भने, ‘अहिले केन्द्रमा कार्यक्रम नभएकोले मिडियामा चहलपहल भएको छैन। हाम्रो कार्यक्रम राम्रो गतीमा चलिरहेको छ।’

जागरण अभियानको के छ उद्देश्य?

१) नेपाली कांग्रेस पार्टीको महासमिति वैठकबाट पारित निति, कार्यक्रम र संशोधित विधान बारे पार्टीको स्थानिय तहसम्म साथीहरु एवं आम शुभचिन्तकलाई ब्यापक ढंगले सूसुचित गर्न।

२) राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा नविन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न।

३) नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलव्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा ब्यापक ढंगले सम्प्रेषण गर्न।

४) वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसँगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले  प्रष्ट्याउन। (बुढी गण्डकी, वाइड वडी लगायतका)

५) नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि वढाउन।

६) जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवाद मार्फत् जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन। 

७) तराई–मधेशलगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै त्यसका लागि आवश्यक जनमत र वातावरण निर्माण गर्न।

८) कम्युनिष्ट पार्टीको सरकार बनेपछि कुटनैतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकरात्मक व्यवहार र उव्जिएको प्रतिकुल परिणाम, वौद्धिक समुदायप्रतिका अवौद्धिक टिप्पणीहरु र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षीत वेथीति, आदि सन्दर्भले मुलुकको छविलाई पारिरहेको असर बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन।

९) तीनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाब बढाउन।

१०) नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झै महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न/गराउन।

११) भुकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो सम्भावित विपद् सामना गर्ने सर्तकता साथ काम गर्ने “स्वयंसेवी समुह” निर्णण गर्न। 

१२) स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागीताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दवाव बढाउन। 

१३) वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितीहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन।

१४) कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न।

१५) नेपाली कांग्रेसको सदस्यता वितरण र विस्तार व्यापक ढंगले गर्दै पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ/नगर टोलसम्म व्यापक ढंगले प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्न। 

जागरण अभियानका कार्यक्रमहरू

१) छरितो भेलाहरु मार्फत अभियानको माथि उल्लेखित उद्देश्य र संदेश सम्प्रेषण।

२) सदस्यता वितरण ब्यापक रुपले गर्ने।

३) स्वदेश र विदेशका सबै तहमा वृहत्तर रुपले प्रशिक्षण कार्यक्रम संचालन गर्ने। 

४) केन्द्रीय कार्यसमितिले यस अघि नै गरिसकेको परिपत्र बमोजीम ‘अभिलेख संकलन’ कार्यक्रमलाई छरितो टिम मार्फत तिव्रता दिने।

५) संघर्षकालका ऐतिहासिक घटना स्थलहरुमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गर्ने।

६) पार्टीका पुराना अग्रजहरुलाई घरमै पुगेर सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसी स्थिति वुझ्नुका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ग्रहण गर्ने।

७) संघर्षको अनेक कालखण्डमा जीवन गुमाएका शहिदहरुको घर परिवार भेट्न जाने। श्रद्धा प्रकट गर्ने तथा देश र कांग्रेसका लागि सुझाव लिने। 

८) फरक–फरक भ्रातृ र शुभेच्छुक संस्थाका एकै स्वरुपका कार्यक्रमहरु बाहेक वर्ग र मुद्दागत रुपले भिन्न–भिन्न सन्दर्भमा भ्रातृ र शुभेच्छुक संस्थाहरुले सबैको अगुवाई र नेतृत्व गर्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।