काठमाडौं - नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताएका छन्। पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग पुग्ने महतको धारणा छ।
नेपाल प्रेस युनियन बागलुङ शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सह–महामन्त्री महतले सरकारले ल्याएको मिडिया विधेयक पत्रकारको मुख बन्द गर्ने खालको भएकाले यसैलाई एजेण्डा बनाएर संसद्मा प्रतिवाद गरिने जानकारी दिए।
अघिल्ला दिनमा प्रतिपक्षको भूमिका कमजोर भएकाले जागरण अभियानबाट कांग्रेस खारिएर जाने धारण व्यक्त गर्दै उनले जनतालाई कांग्रेसको अभाव खड्किएकाले आगामी निर्वाचनमा देश कांग्रेसमय बन्ने आशा व्यक्त गरे।
हचुवाका भरमा विकास निर्माणका कार्य भइरहेको र महंगी, भष्टाचार, बलात्कारजस्ता कार्यलाई सरकारले प्राथमिकता दिएको चर्चा गर्दै नेता महतले भने “सरकार प्रभाव र दबाबबाट मुक्त हुन सकेन।"
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४