शनिबार, साउन २३, २०८३

गाउँपालिका अध्यक्षको घरमा बम विष्फोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राति प्रेसर कुकर बम विष्फोट गराएको छ। अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराइएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिए।

बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचर जलेर नष्ट हुनुकासाथै उनका काका श्याम गोइत घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बम विष्फोटनबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।