शनिबार, साउन २३, २०८३

लुम्बिनी भ्रमण वर्ष शुभारम्भ हुँदै, यस्तो छ तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३ औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज (शनिबार) विविध कार्यक्रम गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ लुम्बिनीमा दीप प्रज्ज्वलन गर्नुकासाथै राजा शुद्वधनको तिलौराकोटस्थित दरबारको भग्नावशेष अवलोकन गरेका थिए। प्रधानमन्त्री ओलीले शनिबार बिहान मायादेवी मन्दिरमा विशेष पूजा गर्ने, शान्ति र्‍याली शुभारम्भ गर्ने, भिक्षु भिक्षुणीलाई भोजन दान गर्ने, फलफूलका बिरुवा रोप्ने  र झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको भ्रमण वर्ष २०७६ का कार्यक्रम संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिए।

आजै प्रदेश नं ५ को सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भसहित बुद्ध जयन्तीसम्बन्धी मूल कार्यक्रम औपचारिक रुपमा सुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ। 

यस्तै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले २५६३ औँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना शन्देश जारी गर्दै सरकारले समृद्धिको मुख्य आधार पर्यटन विकासलाई नै बनाएकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी भ्रमण वर्षको कार्यक्रम महत्वपूर्ण हुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।