आइतबार, साउन १७, २०८३

विमान दुर्घटनामा चार जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। विमानस्थल नजिकै एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चार जनाको मृत्यु भएको छ। 

युकेमा दर्ता भइ फ्लाइट क्यालिब्रेशन सर्भिसेस कम्पनीको स्वामित्वमा रहेको विमानमा चालक, सहचालक र दुई यात्रुमात्रै बस्न मिल्थ्यो। चार सिटे डीए ४२ विमानमा तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिक रहेका थिए। सो कम्पनीले राडार तथा विमानस्थलमा अवतरण प्रणालीजस्ता उड्डयनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । दुर्घटनापछि विमानस्थलको सेवा ४५ मिनेट अवरुद्ध भएको थियो।

उक्त विमानमा मृत्यु हुनेहरुको सनाखत भने हुन सकेको छैन भने दुर्घटनाबारे छानबिन भैरहेको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।