काठमाडौं – काठमाडौंबाट आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले विविध विषयवस्तुलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्।
नयाँ पत्रिकाले टुंगो छैन उपनिर्वाचनको सांसदसहित ९४२ जनप्रतिनिधिको पद रिक्त शिर्षकको समाचारलाई प्राथमिकताकासाथ प्रकाशन गरेको छ।
संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको मृत्यु भएको १६ महिना भयो। २९ पुस २०७४ मा उनको निधन भएको थियो। भक्तपुर क्षेत्र नं १ ख का प्रदेश सांसद हरिशरण लामिछानेको पनि ३१ वैशाख २०७५ मा मृत्यु भयो। दुबै रिक्त पदमा अहिलेसम्म नयाँ जनप्रतिनिधि चुनिएका छैनन्। यी केवल उदाहरण मात्रै हुन्। संघीय संसददेखि वडा तहसम्म ४६ पदमा उपनिर्वाचन हुन बाँकी छ।
अधिकांश प्रतिनिधिको मृत्यु भएको हो भने केहीले जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि राजीनामा दिएका हुन्। जनप्रतिनिधि रोजगारीका लागि विदेश गएर तथा अपराध आरोपमा जेल परेर पनि पद खाली भएका छन्। जनताको दैनिक काममा जनप्रतिनिधिको अभाव खड्किरहेको छ। तर, सरकार र निर्वाचन आयोग भने उपनिर्वाचन गर्ने सुरसारमै छैनन्।
चार सांसदको पद रिक्त
संघीय र प्रदेश संसदमा चार सांसदको पद रिक्त छ। हेलिकप्टर दुर्घटनामा प्रतिनिधिसभा सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नं २ रिक्त छ। त्यस्तै प्रदेश सभा सांसदहरु क्रमशः भक्तपुरका हरिशरण लामिछाने, बाग्लुङका टेकबहादुर घर्ती र दाङका उत्तमकुमार ओलीको निधन भएपछि पद रिक्त छन्।
यस्तै नागरिक दैनिकले लुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरै अझै बनेन पर्यटक अड्याउने रणनीति शिर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ।
जापानी नागरिक प्रा केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए। मुस्लिम समुदायको बाहुल्यता रहेको ती गाउँका बासिन्दाहरुले लुम्बिनीको विकासलाई त्यतिबेलै आत्मसात गर्दै आफ्नो घरबार दिएका थिए।
स्थानीय र लुम्बिनीबीचको त्यही सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउन लुम्बिनी परिसरमा सुविधासम्पन्न हाइस्कुल र क्लिनिक निर्माण गर्ने गुरुयोजना समावेश गरियो। तर चार दशक बित्दा पनि ती संरचना बनेका छैनन्। गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन्। योजना पुरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४