शनिबार, साउन २३, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ ३ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो।

वार्ताका लागि राप्रपाले दियो समितिलाई निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथाशीघ्र चाँडो दोस्रो चरणको वार्ता प्रारम्भ गर्न पार्टी वार्ता समितिलाई निर्देशन दिएको छ। 

डडेलधुरा क्याम्पसमा तोडफोड, नौं विद्यार्थी पक्राउ 

 डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियुले तोडफोड गरेको छ। तोडफोडमा संलग्न भएको भन्दै स्ववियु सभापति जगत ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उपमेयरकै सामु वडा अध्यक्षले व्यापारी कुटे (भिडियो)

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरकै सामु एकजना वडाअध्यक्षले व्यापारीलाई कुट पिट गरेका छन्। उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रकै सामु वडा नम्बर ७ का वडाअध्यक्ष जानकी राम साहले एकजना व्यवसायीलाई हातपात गरेको व्यवसायीहरुले आरोप लगाएका छन्।

प्रधानमन्त्री चढेको हेलिकप्टर आकस्मिक अवतरण

प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ। कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः ५० बजे अवतरण गरेको हो।

डीएसपीकै शैक्षिक प्रमाणपत्र नक्कली!

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि अदालतमा मुद्दा दायर गरिएको छ। 

सेती नदीमा शिक्षक वेपत्ता  

सेती नदीमा नुहाउने क्रममा एक शिक्षक बगेर बेपत्ता भएका छन्। वेपत्ता हुनेमा डोटीको के.आई.सिंह गाउँपालिका-५ रानागाउँ घर भएका २९ वर्षीय योग बहादुर रावल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए।

छोरी हत्याको आरोपमा आमा पक्राउ

आफ्नी दुई महिनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार आमालाई पक्राउ गरेको छ।

‘मिडिया विधेयक फिर्ता होस्’

नेपाल पत्रकार महासंघ प्रदेश– ५ र रुपन्देही शाखाले संयुक्त रुपमा शुक्रबार सरकारले प्रस्ताव गरेको मिडिया विधेयकको विरोध गरेका छन्।

उपप्रधानमन्‍त्री उपेन्द्रले दिए सडकमा जाने चेतावनी

समाजवादी पार्टीका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सडक संघर्षका लागि तयार रहन निर्देशन दिएका छन्।

त्रिशूली थ्री ‘ए’ले आजदेखि परीक्षण उत्पादन सुरु गर्ने

रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले शुक्रबारदेखि परीक्षण उत्पादन गर्ने भएको छ।आयोजना निर्माणसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएसँगै बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि शुक्रबार साँझ ५ बजेदेखि परीक्षण उत्पादन शुरु गर्न लागिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिए। उनका अनुसार आयोजनाको पहिलो युनिट ३० मेगावाट क्षमताको उपकरण परीक्षण गरिने र सफल भए त्यहाँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छ। 

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ (फोटो/भिडियो)

रातो मच्छिन्द्रनाथ र मीननाथको रथलाई शुक्रबार बिहान महिलाले तानेका छन्। महिलाहरुले रथ तान्नुलाई ‘याक मिसा भुज्या’ भन्ने गरिन्छ। थतिटोलमा रहेको रथलाई महिलाहरुले तानेर इतिटोलको चौबाटोसम्म पुर्‍यााएका थिए।

भन्सार विभाग भन्छ : १५१ देशसँग व्यापार, २३ मा नाफा

नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ। 

कैलालीको बौनियाँमा बिद्युतिय सामानको गोदाममा आगलागी

कैलालीको बर्दगोरीया गाउँपालिका वडा– १ बौनियाँ बजारको एक बिद्युतीय सामान रहेको गोदाममा आगो लागेको छ। स्थानीय प्रकाश साउँदको बिद्युतिय सामान रहेको गोदाममा आगो लागेको इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक धुर्ब बिष्टले जानकारी दिए। 

'गुट अन्त्य नभएसम्म कांग्रेस बलियो हुँदैन'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन्। प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताएका हुन्। 

शताब्दीपुरुष जोशीलाई चीन भ्रमणको निम्तो

संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग चिनियाँ राजदुत होउ यान्छीले भेटघाट गरेकी छन्। शुक्रबार ललितपुरको बखुम्बहालस्थित जोशी निवासमै पुगेर उनले भेटघाट गरेकी हुन्। १०० वर्र्षे जीवनयात्रामा रहेका जोशी र चिनियाँ राजदूतबीच झन्डै ४५ मिनेट भलाकुसारी भएको थियो।

राजपाको चेतावनी : सेनामाथि राजनीति नगर

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेपाली सेनालाई राजनीतिक प्रभावमा राख्ने अभिप्रायकासाथ ल्याइएको राष्ट्रिय सुरक्षा विधेयक फिर्ता गर्न माग गरेको छ। सेनामाथि राजनीति गर्ने सरकारको प्रयासको निन्दा गर्दै विधेयक फिर्ता नभए यसले गम्भीर परिणाम ल्याउने चेतावनी दिएको छ। विधेयकबाट नेपाली सेनालाई प्रत्यक्ष चलाउन सक्ने अधिकार प्रधानमन्त्रीलाई दिन खोजिएको तथा अन्य अधिकार केन्द्रीत गर्न खोजिएको राजपाको ठहर छ। 

काठमाडौंमा भूकम्प

काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस गरिएको छ। दिउँसो २ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

विधेयकविरुद्ध मुख्यमन्त्री कार्यालयमै पत्रकारको प्रदर्शन

पत्रकारहरुले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरभित्र विरोध प्रदर्शन गरेका छन्। प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी संघीय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक र प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकविरुद्ध पत्रकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरभित्र विरोध प्रदर्शन गरेका हुन्।

दासढुंगा हत्याकाण्ड : नेतृत्वले जबाफ दिएको खोइ त ?

म त्यति बेला अखिलको केन्द्रीय सचिव थिएँ। सम्भवतः जेठ १ र २ गते अनेरास्ववियु स्याङ्जाको जिल्ला अधिवेशन थियो। म अधिवेशन उद्घाटन गर्न गएको थिएँ। मदन भण्डारीको कार्यक्रम पनि जेठ ३ गते पोखराको दीपेन्द्र सभागृहमा थियो। अधिवेशन उद्घाटन सकेर फर्कंदा पोखराको त्यो कार्यक्रममा पुगेँ। अलिअलि पानी परेको थियो। हामी पुग्दा उहाँले आफ्नो भाषण सक्न आँट्नुभएको थियो। सकेपछि उहाँ बाहिर निस्कनुभयो। हामीले अभिवादन गर्‍यौँ। हामीलाई उहाँले आजै फर्कन लागेको भन्नुभयो। दुर्भाग्य ! भण्डारीसँगको भेट त्यही अन्तिम बन्न पुग्यो।

मुखमा कालोपट्टी बाँधेर धर्ना (फोटो/भिडियो)

राष्ट्रिय मानवअधिकार ऐनको संशोधन गर्न बनेको विधेयक, मिडिया काउन्सिल विधेयक र सामाजिक संघसंस्थासम्बन्धी मस्यौदा विधेयकमा रहेका प्रावधानबारे खबरदारी गर्दै विभिन्न पेसागत संगठन, अधिकारकर्मी र पत्रकारले संयुक्त रुपमा नयाँ बानेश्वरमा धर्ना जारी राखेका छन्।

गोली प्रहार गरी दाईको हत्या

पर्साको जीराभवानीपुरमा आफ्नै भाइले प्रहार गरेको गोलीबाट गम्भीर घाइते भएका स्थानीय शेष फारुकको शुक्रबार बिहान ज्यान गएको छ।

स्काभेटर दुर्घटनामा सहचालकको मृत्यु

बझाङको जयपृथ्वी नगरपालिका-११ मा स्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। सोही दुर्घटनामा चालक घाइते भएका छन्। 

नेपाल–भारत सीमा नाका बन्द हुने

भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज (शुक्रबार) राति १२ बजेबाट बन्द गरिने भएको छ। 

प्रचण्डको प्रश्‍नमा ओलीले भने- 'मदनको जबज पुरानो भयो '

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको विचार नै अन्तिम सत्य नभएको बताएका छन् । मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले समय अनुसार परिमार्जन गर्दै जानु पर्नेमा जोड दिएका छन् । 

हच्कियो प्रदेश २ सरकार : सञ्चार विधेयक संशोधन गर्न तयार

प्रदेशसभामा पेश भएको एक दिन नबित्दै प्रदेश २ सरकार सञ्चार विधेयक संशोधन गर्न तयार भएको छ । विधेयकमा उल्लेख गरिएका प्रावधानप्रति सञ्चारकर्मीहरुको चौतर्फी विरोधपछि प्रदेश सरकार विधेयक संशोधन गर्न तयार भएको हो ।

आजबाट देशभरका हलमा 'वीरविक्रम-२' र 'जात्रैजात्रा'

शुक्रबारबाट देशभरका हलमा दुई नेपाली फिल्म 'वीरविक्रम २' र 'जात्रैजात्रा' चल्ने भएका छन् । दुबै फिल्म अघिल्ला दुई फिल्म 'वीरविक्रम' र 'जात्रा'को सिक्वेल हुन् । 

बसपार्कका होटलबाट प्रहरीले समात्यो १४ जोडीलाई

नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । 

'सुन चोर' हेडमास्टर प्रहरीको फन्दामा 

अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

१७ हजार कर्मचारी कारबाहीकाे सिफारिसमा

राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी राष्ट्रसेवक कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ।

श्रीमती राष्ट्रपति हुँदा पनि मदन भण्डारीले पाएनन् न्याय

आज जेठ ३ गते, मदन-आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो । 

पत्रकारप्रति संघ भन्दा प्रदेश २ कडा : १ करोडसम्म जरिवाना

संघीय सरकारले संसदमा दर्ता गराएको मेडिया काउन्सिलसम्बन्धी विवाद साम्य हुन नपाउँदा प्रदेश २ सरकारले पत्रकारप्रति थप कडा विधेयक ल्याएको छ ।

सेतो गाउँनमा प्रियंकाको रुपै माेहनी

‘७२औं कान्स फिल्म फेस्टिवल’ को सुरुवाता १४ मेबाट भएको थियो। उक्त फंसनमा प्रियंका चोपडा पनि सहभागी थिइन्। फंसनमा प्रियंका सेतो कलरको  गाउँनमा सजिएकी थिइन्। उक्त गाउनमा प्रियंका निकै आकर्षक र हट देखिएकी थिइन्।

जब सलमानले कैटरीनाको सारी मिलाइदिए

बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’को नयाँ गाना ‘जिन्दा’ रिलिज भएको छ। हालै यो गीतको मुम्बईमा लन्च गरिएको छ। गीतको सार्वजनिक समारोहमा सलमानको साथमा कैटरीना पनि देखिएकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।