काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो।
भाउ घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ। आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ फेरबदल भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४