शनिबार, साउन २३, २०८३

डडेलधुरा क्याम्पसमा तोडफोड, नौं विद्यार्थी पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियुले तोडफोड गरेको छ। तोडफोडमा संलग्न भएको भन्दै स्ववियु सभापति जगत ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिएका बेला ऐरको नेतृत्वमा पुगेको टोलीले ढुंगामुढा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको लागि भइरहेको परीक्षा विथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए।

पक्राउ परेका विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। विद्यार्थीहरूले ढुङ्गामुढा प्रहार गरी क्याम्पसका केही झ्यालका सिसा टुटफुट भएको प्रहरीले जनाएको छ।

डडेल्धुरा बहुमुखी क्याम्पसले त्रिविको नियम विपरीत राजनीतिक भागवन्डाको आधारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्ववियुले ८ दिन अगाडि लगायको ताला लगाएको थियो। नेकपा डडेल्धुरा, नेपाली कांग्रेस डडेल्धुरा र जिल्ला प्रशासनको मिलेमतोमा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्ववियुले तालाबन्दी गरेको थियो। 

क्याम्पसले ताला तोडेर पूर्वनिर्धारीत मितिमै कर्मचारी भर्नाको परीक्षा लिएको बताएको छ। तीन पदको लागि खुलेको भर्नामा १२ ले आवेदन दिएपनि ७ ले मात्र परीक्षामा सहभागिता जनाएको क्याम्पसले जानकारी दिएको छ। पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै विद्यार्थीहरुले नारावाजीसहित जिल्ला प्रशासन अगाडि प्रर्दशन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।