शनिबार, साउन २३, २०८३

डीएसपीकै शैक्षिक प्रमाणपत्र नक्कली!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि अदालतमा मुद्दा दायर गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा डीएसपी अधिकारीको प्रमाणपत्र नक्कली रहेको पाइएको भन्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। नक्कली प्रमाणपत्र प्रयोग गरी जागिर खाएको पाइएपछि उनीविरुद्ध विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो।

डिएसपी अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र शंकास्पद रहेकाले छानबिन गरी पाऊँ भनी अख्तियारमा उजुरी परेको थियो। अनुसन्धान हुँदा डीएसपी अधिकारीले  माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आईकम) तहको शैक्षिक प्रमाणपत्र झुट्टा (नक्कली) भएको र निजले नियुक्ति पाउने उद्देश्यले सोही झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।