शनिबार, साउन २३, २०८३

‘मिडिया विधेयक फिर्ता होस्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – नेपाल पत्रकार महासंघ प्रदेश– ५ र रुपन्देही शाखाले संयुक्त रुपमा शुक्रबार सरकारले प्रस्ताव गरेको मिडिया विधेयकको विरोध गरेका छन्।

पत्रकारहरुले जिल्ला प्रशासन कार्यलय रुपन्देही भैरहवामा पुगी क्यामेरा, ल्यापटप, रेकर्डर भूइमा राखेर सरकारले ल्याएको मिडिया विधेयक अत्यन्तै घातक भएकाले तत्काल फिर्ता गर्न आग्रह गरेका हुन्।

विरोधसभालाई नेपाल पत्रकार महासंघ प्रदेश– ५ का सभापति मौसम रोकाले सम्बोधन गर्दै पत्रकारीताको मर्म र धर्म विपरित ल्याइन थालेको विधेयक तत्काल फिर्ता नगरे सरकार विरुद्ध नै पत्रकारहरु उत्रिन बाध्यता हुने चेतावनि दिए।

विरोध कार्यक्रममा बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले सरकार विचौलिया र गलत तत्वको सल्लाहमा चल्दा–चल्दै अहिले आएर कलमजिवीहरुको स्वतन्त्रता हनन गर्ने जस्तो गलत कदम चाल्न थालेको बताउँदै त्यसलाई तत्काल रोक्न माग गरे।

संविधानसभा सदस्य तथा बरिष्ठ पत्रकार विनोद पहाडीले सरकारी शैली अधिनायकबादी हुँदै गएको भन्दै मिडिया विधेयक तत्काल फिर्ता गर्न आग्रह गरे। उनले सरकारले विधेयक फिर्ता नगरे सरकारलाई ठूलै समस्या पर्ने चेतावनि पनि दिए।

पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसीले पत्रकारहरुको हित विपरित ल्याइन थालेको विधेयकले श्रमजिवी पत्रकारलाई विस्थापीत गर्ने र स्वतन्त्र पत्रकारितामा अंकुश लगाउने दुस्साहस गरेको भन्दै उक्त विधेयक तत्काल फिर्ता गर्न माग गरे।

विरोध कार्यक्रमलाई नेपाल पत्रकार महासंघ रुपन्देही शाखा उपाध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष नरेश के.सी, प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल, प्रेस सेन्टर रुपन्देही अध्यक्ष भुवन कार्कि, जनपत्रकार संगठनका अध्यक्ष शिब डुम्रे लगायतले सम्बोधन गर्दै मिडीया विधेयक तत्काल फिर्ता गर्न आग्रह गर्दै सरकारले त्यसो नगरे आन्दोलनको आधिवेहरी सृजना गर्ने चेतावनीसमेत दिए।

कार्यक्रममा बरिष्ठ पत्रकार नारयण सापकोटा, चतन पन्त, माधब नेपाललगायत नेपाल पत्रकार महासंघ आवद्ध सदस्यहरुको उपस्थिति रहेको पत्रकार महासंघ रुपन्देही सचिव रामप्रसाद आचर्यले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।