शनिबार, साउन २३, २०८३

'गुट अन्त्य नभएसम्म कांग्रेस बलियो हुँदैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन्। प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताएका हुन्। 

“पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको हो”, उनले भने। मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल कांग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उनको भनाइ थियो। “आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न समाज लाग्नुपर्छ”, सभापति देउवाले भने। अन्तरघात मुक्त कांग्रेस निर्माणमा प्रजातान्त्रिक विचार समाज लाग्नुपर्नेमा उनले जोड दिए। 

सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै कांग्रेस भित्र सशत्त एकताको खाँचो रहेको बताए। 

कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारका गतिविधि जनताको हितविपरीत भएको भन्दै सरकारविरुद्ध सङ्घर्षमा जानुपर्ने बेला आएको बताए। पार्टीका पूर्वमहामन्त्री सिटौलाले पार्टी आन्तरिक प्रतिस्पर्धाभन्दा कलहमा फस्दा समस्या उत्पन्न भएको बताउँदै पार्टीभित्र सैद्धान्तिक, नीति, कार्यत्रममा आधारित एकता आवश्यक भएको धारणा व्यक्त गरे। नेता सिटौलाले प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस सधैँ दृढ रहेको स्पष्ट पारे। 

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले लोकतन्त्रको आवरणमा निरङ्कुशको बाटोमा अगाडि बढ्न खोजेको बताए। मिडिया काउन्सिल, मानवअधिकार, राष्ट्रिय सुरक्षा परिषद् विधेयकले सरकारले सत्ता कब्जा गर्ने खेल गरेको आरोप लगाउँदै उनले पार्टीभित्रको जागरण अभियानका लागि स्वजागरण अभियान आवश्यक रहेको बताए।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।