शनिबार, साउन २३, २०८३

शताब्दीपुरुष जोशीलाई चीन भ्रमणको निम्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर - संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग चिनियाँ राजदुत होउ यान्छीले भेटघाट गरेकी छन्। शुक्रबार ललितपुरको बखुम्बहालस्थित जोशी निवासमै पुगेर उनले भेटघाट गरेकी हुन्। १०० वर्र्षे जीवनयात्रामा रहेका जोशी र चिनियाँ राजदूतबीच झन्डै ४५ मिनेट भलाकुसारी भएको थियो।

भेटका क्रममा राजदूत होउले जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामनासमेत व्यक्त गरिन्। भेटका क्रममा जोशीले अरनिकोका बारेमा आफूले लेखेका कृतिहरु, अरनिको, नेपाल र चीनबीचको सम्बन्धका बारेमा चिनियाँ राजदूतलाई जानकारीसमेत गराए। जोशीले चिनियाँ साहित्यमा आफूले गरेका अध्ययन–अनुसन्धानबारे पनि बताएका थिए।

राजदूत यान्छीले चिनियाँ राजदूतले जोशीलाई चीन भ्रमणका लागि प्रस्तावसमेत गरेकी थिइन्। जोशीले आफ्नो स्वास्थ्य र उमेरका कारण भ्रमणका लागि असमर्थ रहेको कुरा व्यक्त गरे। भेटका क्रममा राजदूत होउले जोशीलाई दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै मायाको चिनो प्रदान गरिन्। यससँगै ललितपुर महानगरपालिकाका तर्फबाट मेयर चिरीबाबु महर्जनले मन्छिन्द्रनाथको रथ प्रदान गरे।

जोशीसँगको भेटमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, प्रवक्ता राजु महर्जन, ललितपुर महानगर वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जन, उद्योग वाणिज्य संघ ललितपुरका पूर्वअध्यक्ष अजरमान जोशीसमेतको उपस्थिति थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।