शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विधेयकविरुद्ध मुख्यमन्त्री कार्यालयमै पत्रकारको प्रदर्शन

विधेयकविरुद्ध मुख्यमन्त्री कार्यालयमै पत्रकारको प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – पत्रकारहरुले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरभित्र विरोध प्रदर्शन गरेका छन्। प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी संघीय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक र प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकविरुद्ध पत्रकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरभित्र विरोध प्रदर्शन गरेका हुन्।

संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेपनि त्यसको बर्खिलाप हुने गरी संघीय सरकार र प्रदेश सरकारले विधेयक ल्याएको भन्दै सञ्चारकर्मीले सञ्चार उपकरणसहित प्रदर्शन गरेका छन्। विधेयकविरुद्ध आन्दोलनमा होमिएका सञ्चारकर्मीले क्यामेरा, ल्यापटप, कलमलगायतका सञ्चार उपकरणसहित प्रदर्शन गरेका हुन्।

संघीय सरकारले पत्रकारलाई १० लाखसम्म जरिवाना र १५ वर्षसम्म जेल हुनेगरी प्रतिनिधिसभामा दर्ता गराएको मिडिया काउन्सिलविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ। महासंघको केन्द्रीय समितिले शुक्रबार सञ्चार उपकरणसहित विधेयकविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ।

जनकपुरका साथै प्रदेश २ का सञ्चारकर्मीहरुले आ–आफ्नो जिल्लास्थित सदरमुकाममा सञ्चार उपकरणसहित प्रदर्शन गरेका छन्। सिरहा, सप्तरी, बारा, पर्सा, महोत्तरी, सर्लाही, रौतहटलगायतका जिल्लाहरुमा सञ्चारकर्मीहरुले विधेयविरुद्ध प्रदर्शन गरेका छन्।

पत्रकारको दबाब थेग्न नसकेपछि दर्ता गराएको भोलिपल्ट प्रदेश २ सरकारले विधेयक संशोधन गर्न तयार भएपनि संघीय सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटा भने विधेयक कुनै हालतमा फिर्ता नहुने अडानमा देखिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।