धनगढी - बझाङको जयपृथ्वी नगरपालिका-११ मा स्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। सोही दुर्घटनामा चालक घाइते भएका छन्।
चैनपुर-मयाना सडक निर्माण गर्ने क्रममा मयानाको निलकट्टी भन्ने ठाउँमा बा २ क ७९४० नम्बरको स्काभेटर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो। सहचालक मष्टा गाउँपालिका-४ का सत्यराज बोहराको मृत्यु भएको प्रहरी निरीक्षक मीन बहादुर सिंहले जानकारी दिए।
दुर्घटनामा सिन्धुलीका स्काभेटर चालक किशोर थापा घाइते भएका छन्। घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४