शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीको सीमा क्षेत्रमा गोली चल्यो, एक भारतीय पक्राउ

रुपन्देहीको सीमा क्षेत्रमा गोली चल्यो, एक भारतीय पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – रुपन्देहीको नेपाल भारत सीमा क्षेत्रमा गोली चलेको छ। रुपन्देही सदरमुकाम भैरहवादेखि दक्षिणमा पर्ने शंकरपुर नाकामा गोली चलेको हो।

हतियारसहित भारतीय नागरिक नेपाल प्रवेश गर्दै छन् भन्ने पूर्व सूचना पाएको प्रहरीले ती व्यक्तिलाई पक्राउ गर्न खोज्दा सादा पोशाकमा खटिएका प्रहरीमाथी आक्रमण भएको गरेपछि प्रहरीले गोली चलाएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी धर्म भण्डारीले बताए।

प्रहरीको गोलिबाट  एक जना भारतीय घाइते भएका छन्। घाइतेलाई झडपकै क्रममा भारतीयहरुले सीमापारी लगेकोले उनको पहिचान खुल्न नसकेको भएता पनि प्रहरीले मेड ईन युस लेखिएको अटोमेटिक पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

हतियारसहित पक्राउ परेका भारत महाराजगन्ज फरिन्दाका झिनक धोबिलाई थप अनुसन्धानका लागि रुपन्देही प्रहरीले हिरासतमा राखेको छ। उक्त नाका अधिक चोरी तस्करी हुने नाका हो। केही महिना पहिले पनि बेथरी क्षेत्रमा तस्करहरुले प्रहरी हवल्दार डुक बहादुर खड्कालाई आक्रमण गरेका थिए। तस्करको आक्रमण परी उनको हात भाँचिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।